birat ribon

दैनिक तातोपानी पिउनुका फाइदा

Neuro
दैनिक तातोपानी पिउनुका फाइदा

विराटनगर/पानी तातो होस् वा चिसो दुबैले शरीरलाई स्वस्थ र हाइड्रेटेड राख्न उत्तिकै महत्वपूर्ण हुन्छ ।

केही व्यक्ति तातो पानीले विशेषगरी पाचन सुधार गर्न, नाक बन्दबाट छुटकारा पाउन र चिसो पानी पिउनको तुलनामा आराम महसुस हुने बताउँछन् । तातो पानीको बाफ लिँदा मात्र पनि नाक बन्द हुने, रुघाखोकीको समस्यामा राहत मिल्ने हुन्छ । सम्पूर्ण साइनस र घाँटीभरि म्युकसको तह हुने भएकाले तातो पानीको सेवनले खकार उत्पादन हुने बेला उत्पन्न हुने दुखाइमा राहत प्रदान गर्छ ।

cura insider

घाँटी दुख्दा, टन्सिल हुँदा, रुघाखोकी तथा जोरो आउँदा तातोपानी पिउने गर्दा आराम मिल्ने गर्छ । तातो पानीले शरीरलाई पचाउन गाह्रो भएको खानालाई पचाउन मद्दत गर्न सक्छ । जसकारण पेट सफा गर्न पनि तातो पानी सबैभन्दा सरल उपाय मानिन्छ । तातो पानीको सेवनले कब्जियत हुन दिँदैन । तातो पानी पिउनाले शरीरभित्र जम्मा भएका बिकार चीज बाहिर आउँछन् ।

जाडो सुरु भएदेखि मानिसलाई चिसोका कारण काँप्ने हुन सक्छ । यस्तो बेलामा तातो पानीको सेवनले शरीरमा ताप पैदा गरी शरीरलाई काँप्न दिँदैन । तातो पानीको सेवनले रक्तसञ्चारमा वृद्धि गराई शरीरका सबै अङ्गमा रगत पुर्‍याउने काम गर्छ । रक्तसञ्चारमा अवरोध आएमा यसले रक्तचापदेखि मुटुमा असर गर्न सक्छ । मनतातो पानीले नुहाउँदा पनि रक्तसञ्चार बढाएर शरीरलाई थकानबाट मुक्त हुन मद्दत गर्छ ।

तातो पानी पिउनाले तनावको स्तरलाई पनि कम गर्न सक्छ । तातो पानीले शरीरको अनावश्यक बोसो पगालेर तौल घटाउनका लागि पनि सहयोग पुर्‍याउन सक्छ । तातो पानीमा थोरै कागती राखेर पिउनाले यसले गर्ने फाइदा पनि बढेर जान्छ । बिहान खाली पेटमा सधैँ कागती हालेको तातोपानीको प्रयोगले तौल घट्छ ।

jackson ribon