विराटनगर/ नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय नाघेको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १८ जनाको मृत्यु भएसँगै कुल सङ्ख्या एक हजार सात सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार देशभर आज थप आठ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ४९ हजार दुई सय ४४ पुगेको छ ।
त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेशनबाट आज आठ सय ४२ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ३६ हजार पाँच सय ७३ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।