birat ribon

देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर : मन्त्री त्रिपाठी

Neuro
देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर : मन्त्री त्रिपाठी

काठमाडौँ/संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको २६ औँ महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको बताए । स्थानीय तहको कामकारवाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहीन बनाउने भन्ने निर्भर रहेको पनि मन्त्री त्रिपाठीले बताए ।

cura insider

संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाह अथवा चन्दा–पुस्कारमा प्राप्त नभएकाले कसैले पनि समाप्त पार्न नसक्नेसमेत उनको दावी छ । कोभिडको समयमा स्थानीय तहले गरेको कामकारवाहीबाट नै संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीले बताए ।

यस्तै, संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको पनि बताए । संविधानले स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएको भएर नै स्थानीय तहले असाधारण काम गर्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका सिङ्गो देशवासीको भएको बताए । त्यसैले काठमाडौँको विकासमा सबैको चासो रहेको मेयर शाक्यले बताए । काठमाडौंमा स्थायी बासिन्दाभन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौँलाई सफा, स्वच्छ, हराभरा, धुलोमुक्त र हिलोमुक्त बनाउन सबैको साथ आवश्यक रहेको पनि मेयर शाक्यले बताए ।

महानगरपालिकाले २०५२ साल मङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष आजकै दिन महानगर दिवस मनाउँदै आएको छ । महानगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो ।

jackson ribon