Rumpum Advertisement

‘ग्लोब सकर प्लेयर अफ दि इयर’को मनोनयनमा रोनाल्डो, मेस्सी र लेवान्डोस्की

‘ग्लोब सकर प्लेयर अफ दि इयर’को मनोनयनमा रोनाल्डो, मेस्सी र लेवान्डोस्की

विराटनगर/ दुवई अन्तर्राष्ट्रिय खेलकुद परिषद्ले ‘ग्लोब सकर प्लेयर अफ दि इयर’ अवार्ड को मनोनयन सार्वजनिक गरेको छ । परिषद्ले नयाँ संस्करणको अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।

जसमा पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोल्याण्ड तथा बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की समावेश छन् ।

अघिल्लो संस्करमा रोनाल्डोले यो अवार्ड जितेका थिए । रोनाल्डो र मेस्सी भने अर्को विधाको अवार्डमा समेत समावेश छन् ।

प्लेयर अफ दि सेन्चुरीतर्फ मेस्सी र रोनाल्डोका साथै इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहम्मद सालाह र ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो रहेका छन् ।