birat ribon

छोरी भएका बुबा धेरै उमेर बाँच्छन् : अध्ययन

Neuro
छोरी भएका बुबा धेरै उमेर बाँच्छन् : अध्ययन

विराटनगर/बच्चाको जन्मले एक परिवारमा अवश्य पनि खुसी ल्याउने हुन्छ । छोरीले संसारमा ल्याउने सबै सुखहरूबाहेक छोरी भएका बुबा धेरै उमेर बाँच्ने अध्ययनले देखाएको छ ।

एक नयाँ अध्ययनका अनुसार छोरीको जन्मले उनीहरूको बुबाको जीवनकालमा केही वर्ष थप्न सक्दछन् । पोल्यान्डको जेगिलोनियन युनिभर्सिटीले गरेको अध्ययनका अनुसार छोरी नभएका बुबाभन्दा छोरी भएका बुबा लामो समयसम्म बाँच्ने देखिएको छ । युनिभर्सिटीले ४३ सयभन्दा धेरै मानिसमा गरेको अध्ययनमा बच्चाको जन्मले बुबाको स्वास्थ्यमा कस्तो असर गर्छ भनेर खोजिएको थियो ।

cura insider

प्रायजसो बच्चाको जन्मपछि आमासँग जोडिएका धेरै कुरा आउँछ । तर, यो अनुसन्धान बच्चाको जन्मपछि बुबाको स्वास्थ्य र शरीरमा कसरी प्रभाव पार्छ भनेर पत्ता लगाउन गरिएको थियो । २१ सय ४३ आमा र २१ सय ६३ बुबासँग गरिएको सोधपुछ तथा अनुसन्धानले छोरी हुने पिताको उमेर छोरी नहुने पिता वा सन्तान नहुने पिताको उमेरभन्दा बढी हुने दाबी गरेको छ ।

छोरी हुँदा पिताको उमेरमा ७४ हप्ता जोडिने निष्कर्ष निकालेको छ । उक्त अध्ययनले छोरा हुँदा पिताको स्वास्थ्य वा उमेरमा केही फरक नपर्नेसमेत देखाएको छ । तर, अमेरिकन जर्नल अफ ह्युमन बायोलोजीको एक अध्ययनले कुनै पनि सन्तान (छोरा होस् वा छोरी) जन्मँदा आमाको स्वास्थ्यमा नकारात्मक असर पर्ने र आमाहरूको आयु घट्ने निष्कर्ष निकालेको छ ।

साथै, महिलाहरू एक्लै हुँदा धेरै खुसी हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

jackson ribon