birat ribon

रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सुरु

Neuro
रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सुरु

पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सुरु भएको छ ।

विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गरेको हो । वनमा रहेका छ सयवटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको छ ।

cura insider

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोही अनुसार रिठेपानी डाँडा पनि ४० मिटर कटान गर्नुपर्ने देखिएको छ ।

विमानस्थलको अनुरोधमा छ सयवटा रुख हटाउनका लागि नम्बरिङ गर्ने काम भइसकेको छ । तर वनसम्बन्धी कार्यविधिअनुसार विमानस्थलले एक रुख बराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनुपर्ने व्यवस्था छ । सोहीअनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्त गरी उपलब्ध गराएपछि डाँडा कटान सुरु गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताए ।

ठूला विकासका आयोजनाका नाममा वन विनासलाई नियन्त्रण नगर्दा वन मासिँदै गएको वन संरक्षणकर्मी राजु आर्चायले बताए ।

विकासको नाममा कुनै पनि आयोजनाले एउटा रुख विनास गरेवापत २५ वटा रुख हुर्काउनुपर्ने हुन्छ । तर विमानस्थलको निर्माण कार्य सम्पन्न हुनै लाग्दासमेत जग्गा प्राप्त गरी बिरुवा हुर्काउने प्रक्रिया अगाडि नबढ्नुले रिडेपानी डाँडा कटान हुने कार्य प्रभावित हुने देखिएको छ ।

jackson ribon