Rumpum Advertisement

यस्ता छन् अत्यधिक प्रोटिन सेवनका साइड–इफेक्ट

यस्ता छन् अत्यधिक प्रोटिन सेवनका साइड–इफेक्ट

विराटनगर/तौल घटाउने वा मांसपेशी निर्माणको कुरा आउँदा प्रोटिनलाई सबैभन्दा महत्वपूर्ण पोषक तत्व मानिन्छ ।

प्रोटिनले मेटाबोलिजमलाई बढावा दिन, भोक कम गर्न र धेरै हर्मोनहरू नियमित गर्न मद्दत गर्छ, जसले तौल घटाउन योगदान पुर्‍याउँछ । अत्यधिक तौल घटाउनका लागि प्रोटिनलाई अधिक आहारमा समावेश गर्न एकदम सही देखिन्छ । तर, प्रोटिनको अत्यधिक सेवनले साइड–इफेक्ट हुन सक्ने धेरै कमलाई मात्र थाहा हुन्छ ।

दैनिक शरीरलाई चाहिने प्रोटिनको मात्रा उमेर, लिङ्ग, शारीरिक गतिविधि स्तर, गर्भावस्था र स्तनपान जस्ता कारकमा निर्भर गर्छ । सामान्यतया, एक सामान्य वयस्कलाई दैनिक वजनको एक किलोग्राम ०.८ ग्राम प्रोटिनको सेवन गर्न सिफारिस गरिन्छ । शारीरिक गतिविधिमा संलग्न भएकालाई १.३ ग्रामदेखि १.६ ग्रामबीच प्रोटिनको सेवन गर्न सकिन्छ । तर, प्रोटिनको सेवन दैनिक वजनको १.६ ग्रामभन्दा माथि जान हुँदैन ।

दैनिक सिफारिस गरिएको स्तरभन्दा बढी प्रोटिनको मात्राले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । अत्यधिक प्रोटिनको सेवनले सास गनाउने समस्या निम्त्याउन सक्छ । उच्च प्रोटिनको सेवन गर्दा कार्ब र फाइबरको कम सेवन हुन्छ । फाइबरको मात्रामा कमीका कारण पाचन समस्या र कब्जियत हुन सक्छ । धेरै दुग्ध उत्पादनको सेवनले भने पखाला निम्त्याउन सक्छ ।

अत्यधिक प्रोटिनको सेवनले शरीरमा सुगरको मात्रा कम भई टाउको झुम्म हुने, रिँगटा लाग्ने, ध्यान केन्द्रित गर्न नसक्ने र मुडमा असर गर्न सक्छ । अत्यधिक प्रोटिनको सेवनले शरीरमा डिहाइड्रेसनको समस्या निम्तिन सक्छ । मृगौलाले प्रोटिनको अधिक मात्रा र नाइट्रोजनलाई हटाउन कडा परिश्रम गर्नुपर्ने हुँदा डिहाइड्रेसन हुन्छ । पटक–पटक पिसाब लाग्ने, तिर्खा लाग्ने हुन्छ र लामो समयमा यसले मृगौलामा पनि असर गर्छ ।

उच्च प्रोटिनको सेवन गर्नुको मनसाय तौल घटाउन हुन सक्छ । तर, दुर्भाग्यवस धेरै प्रोटिन सेवनले छोटो समयका लागि शरीरको तौल बढाउने गर्छ ।