Rumpum Advertisement

च्याम्पियन्स लिग : अन्तिम १६ को ‘ड्र’ सार्वजनिक हुँदै

च्याम्पियन्स लिग : अन्तिम १६ को ‘ड्र’ सार्वजनिक हुँदै

विराटनगर/युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत आज अन्तिम १६ को ‘ड्र’ सार्वजनिक हुँदैछ । यूईएफएले नेपालीसमयानुसार अपराह्न ४ः४५ बजे प्रि–क्वाटरफाइनलको ‘ड्र’ सार्वजनिक गर्न लागेको हो ।

यसपटक च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस र जर्मन क्लबको बर्चश्व छ । स्पेन र जर्मनीका चार–चार क्लबले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको छ भने इटालीका तीन तथा तीन इंग्लिस क्लबले अन्तिम १६ को यात्रा गरेका छन् । यस्तै पोर्चुगल र फ्रान्सका एक–एक क्लब छन् ।

अन्तिम १६ मा पुग्ने टोलीहरू

समूह ‘ए’–बायर्न म्युनिख (विजेता), एथ्लेटिको मड्रिड (उपविजेता)

समूह ‘बी’– रियल मड्रिड (विजेता), मोन्चेनग्लाडबाच (उपविजेता)

समूह ‘सी’– म्यानचेस्टर सिटी (विजेता), पोर्टो (उपविजेता)

समूह ‘डी’– लिभरपुल (विजेता), अटलान्टा (उपविजेता)

समूह ‘ई’– चेल्सी (विजेता), सेभिल्ला (उपविजेता)

समूह ‘एफ’– बोरुसिया डर्टमुण्ड (विजेता), लाजियो (उपविजेता)

समूह ‘जी’– युभेन्टस (विजेता), बार्सिलोना (उपविजेता)

समूह ‘एच’– पेरिस सेन्ट जर्मेन (विजेता), आरबी लेइपिज (उपविजेता)