birat ribon

युटिआईबाट पीडित भएकालाई फाइदाजनक अनारको रस

Neuro
युटिआईबाट पीडित भएकालाई फाइदाजनक अनारको रस

विराटनगर/मूत्रपथ सङ्क्रमण भएका (युटिआई) को समस्याबाट ग्रस्त भएकाले मात्र यो समस्या कति कष्टकर हुन सक्छ भनेर बुझेका छन् ।

युटिआई हुँदा असुविधा हुनुका साथै यसले अन्य जटिलतासमेत निम्त्याउन सक्छ । सङ्क्रमणले मूत्राशय, मूत्रनली र मृगौलासहित सम्पूर्ण मूत्र प्रणालीमा असर गर्न सक्छ । पिसाब गर्दा पोल्ने, पिसाब गन्हाउने, बाक्लो पिसाब, बारम्बार पिसाब आइरहनु युटिआईका सामान्य लक्षण हुन् । युटीआईलाई पूर्णरुपमा निको हुनका लागि मेडिकल उपचार महत्वपूर्ण हुन्छ ।

cura insider

तर, प्रत्येक दिन अनारको रस पिएमा पनि यसबाट हुने असहज अनुभवबाट मुक्त हुन मद्दत गर्छ । युटिआईबाट पीडित भएकालाई धेरै तरल पदार्थ पिउन सल्लाह दिइन्छ । तरल पदार्थको सेवनले पिसाबलाई पातलो पार्न र पोल्ने समस्यालाई कम गर्न मद्दत गर्छ । तरल पदार्थको सेवनले मृगौला लगायतका मूत्र प्रणालीबाट ब्याक्टेरियाहरूलाई निष्कासन गर्न पनि सहयोग गर्छ ।

अनारको रसमा हरेक प्रकारको एन्टिअक्सिडेन्ट पाइन्छ । अनारको रस एन्टिअक्सिडेन्ट र भिटामिन सीले भरिएको हुन्छ, जुन युटिआईबाट पीडित भएकालाई धेरै फाइदाजनक हुन्छ । एन्टिअक्सिडेन्ट गुणले ब्याक्टेरियाहरूलाई मूत्रासयको भित्तामा टाँसिनबाट जोगाउँछ र भिटामिन सीले प्रतिरक्षा प्रणालीलाई बढावा दिन र सङ्क्रमणलाई रोक्न मद्दत गर्छ ।

युटीआईको समस्यालाई टाढा राख्न अनार खान वा अनारको रस पाउन सकिन्छ ।

jackson ribon