Rumpum Advertisement

जाडोमा शरीरमा खराब कोलेस्ट्रोलको स्तर बढ्छ

जाडोमा शरीरमा खराब कोलेस्ट्रोलको स्तर बढ्छ

विराटनगर/जाडो महिनामा शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढ्ने खतरा रहन्छ ।

एक नयाँ अध्ययनका अनुसार कोलेस्ट्रोलको स्तर मौसमीरूपमा परिवर्तन भइरहेको हुन्छ र चिसो महिनामा सबैभन्दा बढ्ने हुने गर्छ । २८ लाख मानिसलाई सहभागी गरेको अनुसन्धानले जाडो महिनामा एक व्यक्तिको स्वास्थ्यमा खाना र खराब मौसमको सम्भावित प्रभावलाई देखाएको छ ।

अध्ययनले जाडो महिनामा खराब एलडीएल कोलेस्ट्रोलको स्तर पुरुषहरूमा ३.५ प्रतिशत बढी र महिलामा १ दशमलव ६ प्रतिशत बढी भएको देखाएको छ । घाम पनि कम लाग्ने तथा घाममा पनि बस्न समय नपाउने कारण शरीरले भिटामिन ‘डी’ राम्रोसँग पाउँदैनन् । भिटामिन ‘डी’ले शरीरमा खराब कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्छ ।

जोन्स हप्किन्सका कार्डियोलोजी विभाग प्रमुख तथा अन्वेषक डा. पराग जोशीका अनुसार जाडोको मौसममा बढी खाना खाइने र कम व्यायाम गर्नाले केवल तौल मात्र बढ्दैन, यसले रगतमा भएको तत्वलाई परिवर्तन गरिरहेको हुन्छ । र, यी तत्वले कोलेस्ट्रोलको मात्रा बढाई हृदय रोगमा योगदान पुर्‍याइरहेका हुन्छन् । शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने भएका कारणले कलेजोसम्बन्धी विभिन्न रोगहरू लाग्ने खतरा धेरै हुन जान्छ ।

गर्मीमा मान्छेको कोलेस्ट्रोलको मात्रा घट्ने भए पनि जाडोमा बढेको उच्च स्तरले धमनीलाई कडा बनाई रगतको सञ्चारमा अवरोध पु¥याउँछ, जसले हृदय रोग र स्ट्रोकको जोखिमलाई बढाइरहेको हुन्छ । जाडोको समयमा अस्वस्थ बानीले कोलेस्ट्रोलको स्तरमा वृद्धिसँग कुनै सम्बन्ध नराखे पनि व्यायाम र स्वस्थ खानाले बढेको कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।