Rumpum Advertisement

काङ्ग्रेसको देशव्यापी विरोध, विभिन्न ठाउँबाट सम्बोधन गर्दै शीर्ष नेताहरू

Neuro
काङ्ग्रेसको देशव्यापी विरोध, विभिन्न ठाउँबाट सम्बोधन गर्दै शीर्ष नेताहरू

काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनका लागि काङ्ग्रेस कार्यकर्ताले देशैभर र्‍याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काङ्ग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।

काङ्ग्रेसका शीर्ष नेताहरू विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्दैछन् ।

उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्दैछन् ।

अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा छन् ।

यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुगेका छन् ।