birat ribon

अत्यधिक काम शरीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक

Neuro
अत्यधिक काम शरीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक

विराटनगर/अफिस तथा आफूले गर्ने कुनै पनि कामको चापले पनि मानिसलाई हानी पु¥याउन सक्छ ।

हप्तामा ४० देखि ५० घण्टाभन्दा बढी काम गर्ने व्यक्तिलाई विभिन्न प्रकारका रोगले सताउन सक्छ । तर, काम गर्ने धेरै समयले मात्र नभई अन्य कारकले पनि आगोमा घिउ थप्ने काम गरिरहेको हुन्छ । अन्य कारकमा घरदेखि कामसम्म जाने दुरी, बाहिरी जिम्मेवारी, काम गर्ने ठाउँको वातावरण, सराहनाको भावना तथा काममा सन्तुष्टि पनि समावेश हुन्छ ।

cura insider

धेरै घण्टा काम गर्नेहरूमा ढाड दुख्ने समस्याको खतरा बढी हुन्छ । खासगरी महिलाहरूमा दुखाइ घाँटीमा देखा पर्छ भने पुरुषमा तल्लो ढाड दुख्ने हुन्छ । अत्यधिक काम गर्दा थकान र निद्रा नपुगेको जस्तो महसुस हुन सक्छ । सुताइ नपुगेका कारण रिस उठ्ने, दिक्क लाग्ने मात्र नभई यसले उत्पादकत्व घटाउँछ ।

निद्राको समस्याले टाइप २ मधुमेह र हृदय रोग जस्ता समस्याको जोखिम पनि बढाउँछ । काम गर्दा उत्पन्न हुने तनावले हर्मोन कोर्टिसोल रिलिज गर्न सक्छ, जसले मुटुमा समस्या गर्न सक्छ । यसले स्ट्रोक, कोरोनरी धमनी रोग, टाइप २ मधुमेह, र क्यान्सर जस्तो प्राणघातक रोग लाग्ने जोखिमलाई बढाउन सक्छ ।

कामको तनाब भएका मानिसलाई कहिले सप्ताहन्त हुन्छ र छुट्टी हुन्छ भन्ने मानसिकता हुन्छ । धेरै काम गर्नाले मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ । एक अध्ययनअनुसार प्रतिदिन ११ घण्टा काम गर्ने मानिस सातदेखि आठ घण्टा काम गर्नेको तुलनामा डिप्रेसन हुने सम्भावना बढी हुन्छ ।

प्रतिहप्ता ४० घण्टाभन्दा बढी काम गर्नाले एक मानिसलाई अत्यधिक मात्रामा मदिरापान गर्ने बनाउन सक्छ । अत्यधिक रक्सीको सेवनले जीवनलाई जोखिममा पार्ने समस्याहरू बढाउन सक्छ । घर परिवार र अन्य सम्बन्धका लागि समय भए पनि अत्यधिक कामका कारण भएको तनाव, थकान र डिप्रेसनले सम्बन्धमा चिसोपन पनि छाउन सक्छ ।

jackson ribon