birat ribon

हिन्दुराष्ट्रको पक्षमा जनमत सङ्ग्रह हुनुपर्छ : शशांक कोइराला

Neuro
हिन्दुराष्ट्रको पक्षमा जनमत सङ्ग्रह हुनुपर्छ : शशांक कोइराला

विराटनगर/नेपाली काङ्ग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दुराष्ट्रका लागि जनमत सङ्ग्रह गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले हिन्दुराष्ट्रको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने पक्षमा आफू रहेको बताएका हुन् ।

राजतन्त्रको पक्षमा सडकमा नारा लागे पनि राजा फर्कने सम्भावना नरहेको उनले बताए । ‘हिन्दुराष्ट्र स्थापनाका लागि जनमत सङ्ग्रह गराउनु पर्छ,’ उनले भने, ‘राजा भने कुनै स्वरुपमा आउन सक्दैनन् ।’

cura insider

काङ्ग्रेसको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्न आएका कोइरालाले पार्टीको महाधिवेशन फागुनमा हुने सम्भावना नहरहेको बताएका छन् । पार्टीमा क्रियाशील सदस्यताको टुङ्गो लागिनसकेका कारण फागुनमा महाधिवेशन हुने सम्भावना नरहेको बताएका हुन् ।

आउँदो महाधिवेशनमा शेखर र आफूमध्ये पार्टी नेता तथा कार्यकर्ताको भावनाअनुसार टुङ्गो लगाएर सभापतिमा उठ्ने बताए । उनले काङ्ग्रेसले कम्युनिस्टसँग सहकार्य गरेर सरकारमा जाने सम्भावना नरहेको बताए ।

jackson ribon