Rumpum Advertisement

सालाहको गोलमा हारबाट जोगियो लिभरपुल

Neuro
सालाहको गोलमा हारबाट जोगियो लिभरपुल

विराटनगर/ इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले बराबरी खेलेको छ । आइतबार राति लिभरपुलले फुलह्यामसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

फुलह्यामको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । २५औं मिनेटमा बोबी रेइडले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए ।

७९औं मिनेटमा लिभरपुलले पेनाल्टीको मौका पाएको थियो, जसमा मोहम्मद सालाहले गोल गरेपछि खेल बराबरीको अवस्थामा आयो । र, बाँकी समय गोल नहुँदा लिभरपुल र फुलह्यामले १–१ अङ्क बाँडे ।

बराबरीसँगै दोस्रो स्थानको लिभरपुलले १२ खेलमा २५ अङ्क जोडेको छ । रेलिगेशन जोनको फुलह्यामले ८ अङ्क जोडेको छ । ऊ अङ्कतालिकाको १७औं स्थानमा छ ।