Rumpum Advertisement

औबामेयाङको आत्मघाती गोल, आफ्नै मैदानमा आर्सनल पराजित

औबामेयाङको आत्मघाती गोल, आफ्नै मैदानमा आर्सनल पराजित

विराटनगर/ इंग्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनल आफ्नै मैदानमा बर्नेलीसँग १–० गोलले पराजित भएको हो ।

इमिरेट्स स्टेडियममा खेलको ५८औं मिनेटदेखि घरेलु टोली दस खेलाडीमा सीमित बन्न पुगेको थियो । ग्रानिट हाकाले रातो कार्ड खाँदै मैदान छोडेका थिए ।

खेलको ७३औं मिनेटमा पेइर्रे–इमेरिक औबामेयाङले आफ्नै पोस्टमा गोल गरेपछि बर्नेलीको भाग्य चम्किएको हो ।

जितसँगै १७औं स्थानको बर्नेलीले ९ अङ्क जोडेको छ । आर्सनल भने १३ अङ्कका साथ १५औं स्थानमा छ ।