Rumpum Advertisement

पिएसजी आफ्नै घरमा लियोनसँग स्तब्ध, नेयमार घाइते

पिएसजी आफ्नै घरमा लियोनसँग स्तब्ध, नेयमार घाइते

विराटनगर/ फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । आइतबार राति पिएसजी आफ्नै मैदानमा लियोनसँग १–० गोलले पराजित भएको हो ।

फ्रान्सको राजधानी पेरिसमा लियोनलाई जिताउन टिनो काडेवेरेले निर्णायक गोल गरे । खेलको ३५औं मिनेटमा उनले गरेको गोल गनै पिएसजीलाई हराउन निर्णायक बन्यो ।

खेलको इन्ज्युरी समयमा लियोनल दस खेलाडीमा सीमित बनेको थियो । उसका थियागो मेन्डेसले रातो कार्ड पाएका थिए ।

नेयमारमाथि खराब ट्याकल गरेका उनलाई रेफ्रीले भिएआरको सहायतामा बाहिर पठाएका थिए । नेयमार भने चोटका कारण आँसु खसाल्दै मैदानबाट बाहिरिएका थिए ।

यससँगै लियोन १४ खेलमा २९ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पिएसजी भने शीर्ष स्थानबाट चिप्लियर तेस्रो स्थानमा पुगेको छ । पिएसजीसँग २८ अङ्क छ ।