birat ribon

मेस्सीको निर्णायक गोलमा बार्सिलोना विजयी

Neuro
मेस्सीको निर्णायक गोलमा बार्सिलोना विजयी

विराटनगर/ स्पेनिस ला लिगामा बार्सिलोनाले पाँचौं जित दर्ता गरेको छ । आइतबार राति आफ्नो ११औं खेल खेलेको बार्सिलोनाले लेभान्टेमाथि १–० गोलको जित निकालेको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा घरेलु टोलीको जितमा कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७६औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई जिताए ।

cura insider

जितसँगै बार्सिलोनाले १७ अङ्क जोडेको छ । ऊ अङ्कतालिकाको आठौं स्थानमा उक्लिएको छ ।
पराजित लेभान्टे भने रेलिगेशन जोनमा छ । १२ खेलमा ११ अङ्क जोडेको लेभान्टे १८औं स्थानमा छ ।

jackson ribon