birat ribon

अन्योलमै छ यस वर्षको एसईई, प्रश्नपत्र नष्ट गरिँदै

Neuro
अन्योलमै छ यस वर्षको एसईई, प्रश्नपत्र नष्ट गरिँदै

विराटनगर । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएका छौँ । कुनै जवाफ नआएकाले रोकिएर बसेका छौँ ।” यस वर्ष (२०७७ सा)को एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने छिनोफानो हुन सकेको छैन ।

cura insider

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष नै तयार गरेको सङ्घीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ का कारण गत २०७६ सालको एसईईमा विद्यालयलाई नै विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने जिम्मा दिइएको थियो ।

बर्सेनि असोज पहिलो साता कक्षा १० का विद्यार्थीलाई आवेदन फाराम भर्न लगाइन्थ्यो । यस पटक मङ्सिर अन्तिमसम्म पनि आवेदन फाराम खुला गरिएको छैन ।

यसैबीच गत २०७६ सालको एसईईका प्रश्नपत्र नष्ट गर्ने कार्य अगाडि बढाइएको छ । बोर्डका अध्यक्ष पौडेलले गोप्य सामग्री भएकाले नष्ट गर्नु उपयुक्त हुने ठहर गर्दै भने , “विद्यार्थीले विगत परीक्षाका र अन्य अभ्यास पुस्तिकाबाट अभ्यास गरिहाल्छन् । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon