birat ribon

पाँच करोडभन्दा बढी सङ्क्रमित निको, दुई करोडभन्दा बढी उपचाररत

Neuro
पाँच करोडभन्दा बढी सङ्क्रमित निको, दुई करोडभन्दा बढी उपचाररत

विराटनगर । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित बनेकामध्ये पाँच करोडभन्दा बढीको उपचार सम्भव भएको छ ।

उपचार सम्भव भएकाहरु कोरोनामुक्त भएर निको हुँदै डिस्चार्ज भएका छन् । निको भएर डिस्चार्ज हुँदै घर गएकाहरु सामान्य जीवनमा फर्किएका छन् । एकै दिन पाँच लाख सात हजार नौ सय ५० नयाँ बिरामी थपिएपछि विश्वमा हालसम्म सात करोड २६ लाख एक सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

cura insider

कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच करोड आठ लाख ३८ हजार तीन सय १४ जना उपचारपछि निको भएर घर फर्किएका छ । दुई करोड एक लाख ४३ हजार पाँच सय ३० जनाको उपचार हुँदैछ । उपचाररतमध्ये एक लाख छ हजार एक सय २८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा हालसम्म १६ लाख १८ हजार तीन सय ५३ सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र सात हजार चार सय ३९ जनाको ज्यान गयो ।

कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म एक करोड ६७ लाख १३ हजार चार सय ७१ जनाका सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन एक लाख ६४ हजार एक सय पाँच जना नयाँ बिरामी थपिए ।

सङ्क्रमण पुष्टि भएकामध्ये ९७ लाख १३ हजार नौ सय ७२ जना निको भएर घर फर्किएका छन् । ६६ लाख ९३ हजार एक सय १२ जना उपचाररत छन् । उपचाररतमध्ये २७ हजार पाँच सय ५८ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा कोरोनाका कारण हालसम्म तीन लाख छ हजार तीन सय ८७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र एक हजार तीन सय पाँच जनाको ज्यान गयो ।

छिमेकी मुलुक भारतमा सङ्क्रमितको संख्या ९८ लाख ८४ हजार सात सय १६ पुगेको छ । एकै दिन २७ हजार तीन सय ३६ सङ्क्रमित थपिए । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये ९३ लाख ८७ हजार छ सय आठ जना उपचारपछि निको भएका छन् । तीन लाख ५३ हजार सात सय १५ जना निको हुन बाँकी छ । निको हुन बाँकी रहेर उपचार जारी रहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा हालसम्म कोरोनाका कारण एक लाख ४३ हजार तीन सय ९३ जनाले मृत्युवरण गरिसकेका छन् । पछिल्लो २४ घण्टाभित्र तीन सय ३८ जनाको ज्यान गयो ।

ब्राजिलमा हालसम्म सङ्क्रमणबाट प्रभावित भएको संख्या ६९ लाख एक हजार नौ सय ९० छ । एकै दिन २१ हजार तीन सय ९५ नयाँ सङ्क्रमित थपिए । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्कै तेस्रो नम्बरमा छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये ५९ लाख ८२ हजार नौ सय ५३ जनाको उपचार सम्भव भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । सात लाख ३७ हजार छ सय १८ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोना सङ्क्रमितमध्ये हालसम्म एक लाख ८१ हजार चार सय १९ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा दुई सय ७६ जनाको मृत्यु भयो ।

jackson ribon