Rumpum Advertisement

टोटनह्याम बराबरीमा रोकियो

टोटनह्याम बराबरीमा रोकियो

विराटनगर/ इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्पर बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

प्यालेसको मैदानमा टोटनह्यामले सुरुआती अग्रता बनाएको थियो । २३औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

खेल सकिन नौ मिनेट बाँकी छँदा क्रिस्टलका जेफ्रे स्कुल्पले गोल गरेपछि दुवै टोलीले अङ्क बाँडेका हुन् ।

बराबरीसँगै शीर्ष स्थानको टोटनह्यामले १२ खेलबाट २५ अङ्क जोडेको छ । प्यालेस भने १७ अङ्कका साथ ११औं स्थानमा छ ।