birat ribon

गर्भावस्थामा निम्तिने जटिलताबाट जोगिन यी चेतावनी सङ्केत चिन्न आवश्यक

Neuro
गर्भावस्थामा निम्तिने जटिलताबाट जोगिन यी चेतावनी सङ्केत चिन्न आवश्यक

विराटनगर/गर्भावस्थामा अधिकतम आराम र हेरचाहको आवश्यक पर्छ । तर, धेरै पटक गर्भवती महिलाले बच्चा जन्माउने प्रक्रियासम्म विभिन्न जटिलताको सामना गर्न सक्छन् ।

विभिन्न कारणले गर्भावस्थामा जटिलताहरू सजिलै उत्पन्न हुन सक्छ । गर्भावस्थामा कुनै पनि जटिलताहरूबाट जोगिनका लागि शरीरले देखाएको केही चेतावनी सङ्केतलाई चिन्नुपर्ने हुन्छ ।

cura insider

गर्भावस्थामा हल्का पेटको दुखाइ हुनुलाई सामान्य मानिन्छ । तर, भारी सङ्कुचनको अनुभव हुन थाले समस्या गम्भीर हुन सक्छ । प्रसूति हुने मितिभन्दा धेरै अघि नियमित र पीडादायी सङ्कुचन भएमा, प्रसब पीडाको प्रारम्भिक सङ्केत हुन सक्छ । यस्तो भएमा तुरुन्त चिकित्सकलाई रिपोर्ट गर्नुपर्छ ।

धेरै महिलाले गर्भावस्थाको सुरुका दिनमा रक्तस्रावको गुनासो गर्छन्, जुन एकदम सामान्य हो । यसलाई इम्प्लान्टेशन ब्लिडिङ पनि भनिन्छ । तर, भारी रक्तस्राव वा विशेषगरी गर्भावस्थाको अन्ततिर रक्तस्राव भएमा यसलाई गम्भीरताका साथ लिनुपर्छ ।

असामान्य प्लेसेन्टा भएका महिलामा त्यस्ता रक्तस्रावको बढी जोखिम हुन्छ । यसले आमा र बच्चा दुबैलाई जोखिममा पार्न सक्छ । योनी स्राव गर्भावस्थामा सामान्य हुन्छन्, तर, अत्याधिक बग्ने तरिकाले तरल पदार्थ उत्सर्जन खतरनाक हुन सक्छ । सामान्यतया यो पानी (बच्चाको विकासको लागि आवश्यक तरल जसमा बच्चालाई बेरिएको हुन्छ) फुटेको सङ्केत हुन सक्छ र डेलिभरी मितिभन्दा केही दिनअघि भएमा यसले गर्भावस्थामा गम्भीर खतरा निम्त्याउन सक्छ । त्यसैले अकाल पानी बग्नाले समस्या निम्त्याउन सक्छ ।

गर्भावस्थाको अन्तिम दुई महिनामा रिङ्गटा लाग्ने वा आँखा धमिलो देखिने हुन सक्छ । ध्यान केन्द्रित गर्न समस्या भएमा वा दृष्टि धमिलो भए तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । विशेषगरी मधुमेह रोगीहरूका लागि यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

माथि दिइएका लक्षण जस्तै, गर्भावस्थाको समयमा हल्का हातखुट्टा सुन्निने समस्या एकदम सामान्य मानिन्छ । तर, सुन्निएको ठाउँमा पीडा हुने वा छालामा रातो देखिन थालेमा यो चिन्ताको विषय बन्छ ।

यस पछाडिको कारण रहत जम्ने समस्या हुन सक्छ । हात, खुट्टा वा अनुहारमा कुनै पनि पीडादायी वा अत्याधिक सुन्निएको समस्या भएमा तुरुन्त चिकित्सकलाई रिपोर्ट गर्नुपर्छ ।

jackson ribon