Rumpum Advertisement

छनोट जितेमा नेपालले सीधै विश्वकप खेल्न पाउने

Neuro
छनोट जितेमा नेपालले सीधै विश्वकप खेल्न पाउने

विराटनगर / सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू–१९ एकदिवसिय विश्वकपको लागि रोडम्याप सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले कोरोना महामारीका कारण स्थगित छनोट प्रतियोगिताको खेल तालिका पुनः सार्वजनिक गरेको हो ।

नेपाली यू–१९ टोलीले सन् २०२२ को यू–१९ विश्वकप खेल्न संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एसिया छनोटमा प्रतिस्पर्धा गर्नेछ । नेपाल सन् २०२१ मा युएईमा पाँच टोलीबीच हुने एसिया छनोटको विजेता बनेको खण्डमा सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू–१९ विश्वकप खेल्न पाउने छ ।

एसिया छनोटको मिति भने तय भएको छैन । नेपाली यू–१९ टोलीले सन् २०१६ यता यू–१९ विश्वकप खेलेको छैन । नेपाल सन् २०१९ मा मलेसियामा भएको एसिया छनोटमा युएईसँग वर्षाको कारण डकवर्थ लेविस पद्दतिको आधारमा एक रनले पराजित हुँदा सन् २०२० मा दक्षिण अफ्रिकामा सम्पन्न यू–१९ विश्वकप खेल्ने अवसर गुमाएको थियो ।