Rumpum Advertisement

स्वास्थ्य मापदण्डको पालना गरेर हिउँदे अधिवेशन सुरु हुन्छ : अध्यक्ष तिमिल्सिना

Neuro
स्वास्थ्य मापदण्डको पालना गरेर हिउँदे अधिवेशन सुरु हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं/ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना सङ्क्रमणको जोखिमबीच स्वास्थ्य मापदण्डको पालना गर्दै संसद्को हिउँदे अधिवेशन सञ्चालन हुने बताएका छन् । सङ्घीय संसद् भवनमा आइतबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद् अधिवेशन छिट्टै आह्वान हुने बताए ।

कोरोना भाइरसको सङ्क्रमण बढिरहेपनि स्वास्थ्य मापदण्डको पालना गरेर संसद् बैठक सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै उनले वर्खे अधिवेशनमा थुप्रै अनिश्चिता र चुनौतीका बीच सफलतापूर्वक सभा सञ्चालन गरेको अनुभव रहेकाले संसद् चलाउन सहज हुने धारणा राखे ।

कोरोनाका कारण कानून निर्माणका काम हुँदाहुँदै पनि संसद्को वर्खे अधिवेशन छिटो अन्त्य गर्नुपर्ने बनाउँदै उनले भने, ‘हिउँदे अधिवेशन १८ पुसअघि सुरु गरिसक्नुपर्ने छ । त्यसैले पूर्ण सजकताका साथ संसद् बैठक सञ्चालन हुन्छ ।’