Rumpum Advertisement

सहज जित निकाल्दै इन्टर दोस्रो स्थानमा

Neuro
सहज जित निकाल्दै इन्टर दोस्रो स्थानमा

विराटनगर/ इटालियन सिरी ‘ए’मा इन्टर मिलानले सहज जित दर्ता गरेको छ । आइतबार भएको खेलमा इन्टरले क्याग्लिआरीमाथि ३–१ गोलको सहज जित दर्ता गरेको हो ।

क्याग्लिआरीको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको ४२औं मिनेटमा रिकार्डो सोट्टिलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

७७औं मिनेटमा निकालो बरेल्लाले गोल गर्दै इन्टरलाई बराबरीमा फर्काए । ८४औं मिनेटमा डेनिलो डी‘एम्ब्रोसियो तथा इन्ज्युरी समयमा रोमेलु लुकाकुले गोल गरेपछि इन्टरले ३–१ गोलको जित निकालेको हो ।

जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ । उसले ११ खेलबाट २४ अङ्क जोडेको छ । पराजित काग्लिआरी भने १२ अङ्कका साथ १२औं स्थानमा छ ।