Rumpum Advertisement

विराटनगरमा ‘एसिई’को सो–रुम खुल्यो

विराटनगरमा ‘एसिई’को सो–रुम खुल्यो

विराटनगर/ विराटनगरमा ‘एसिई’ ट्याक्टरको डिलर सञ्चालनमा आएको छ । आइतबार प्रदेश १ को १४ जिल्लामा बिक्री–वितरण गर्ने उद्देश्यले विराटनगर–२ मुनालपथस्थित एसीई ट्याक्टरको डिलर जय गुरु इन्टरनेशनल डिलर सञ्चालनमा आएको हो ।

जय गुरु इन्टरनेशनलमा नयाँ टेक्नोलोजी जडान भएको एसिई ट्याक्टर बजारमा आएको प्रोपाइटर अमित साहले जानकारी दिए । अन्य ट्याक्टरको तुलनामा एसिई ट्याक्टरले कम इन्धन खपत गर्ने कम्पनीले जनाएको छ ।

उक्त ट्याक्टर तीन क्लयान्डरमा उपलब्ध गरेको बताइएको छ । एसिई ट्याक्टरको ३५ एचपी, ४० एचपी, ४५ एचपी र ५० एचपीसम्मको रहेको कम्पनीको सर्भिस इन्जिनियर शिव रामले जानकारी दिए ।

उक्त ट्याक्टरको खरिद गर्ने ग्राहकलाई कम्पनीले विशेष छुट पनि दिएको जय गुरु इन्टरनेशनलका प्रोपाइटर नितेश साहले जानकारी दिए ।