Rumpum Advertisement

कोरोनाबाट विदेशमा करिब ५० हजार नेपाली प्रभावित

Neuro
कोरोनाबाट विदेशमा करिब ५० हजार नेपाली प्रभावित

विराटनगर/ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट हालसम्म विदेशमा करिब ५० हजार नेपाली प्रभावित भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपालबाहेक ४९ देशका ४९ हजार दुई सय ५७ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ४६ हजार ३८ जना रहेको छ । यो कुल सङ्क्रमितको ९३ प्रतिशत रहेको हो ।

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कुल सङ्ख्या ३ सय १ पुगेको छ ।

सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई, र साउदी अरबमा रहेका थप नेपालीहरूमा कोरोना सङ्क्रमण देखिएको छ ।