birat ribon

शिक्षक हत्यापछि मिक्लाजुङमा संयुक्त सुरक्षा बेस

Neuro
शिक्षक हत्यापछि मिक्लाजुङमा संयुक्त सुरक्षा बेस

विराटनगर/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि सरकारले सुरक्षा बेस मिक्लाजुङमा राखेको छ ।

मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्यालगत्तै सरकारले मिक्लाजुङ–१ स्थित आइतबारेमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा बेस राखेको हो ।

cura insider

मोरङ जिल्लाको पूर्वी–उत्तरी भेगको सुरक्षा व्यवस्था मिलाउनेगरी पहिलो पटक अस्थायी रूपमा आइतबारबाट संयुक्त बेस स्थापना गरिएको हो । प्रहरी निरीक्षक सुमन बुढाथोकीको नेतृत्त्वमा ३६ सशस्त्र र प्रहरी निरीक्षक मिलन थापाको नेतृत्त्वमा १५ नेपाल प्रहरी गरेर ५१ जनाको टोली बेसमार्फत् खटिएका छन् ।

आपतकालीन अवस्थामा परिचालन गर्न मिल्नेगरी थप ‘रिजर्ब फोर्स’ पनि तयारी अवस्थामा छ । विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई आफ्नै नियन्त्रणमा राखेर घाँटी रेट्दै गत मङ्गलबार बिहान बीभत्स हत्या गरेको थियो ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्र र छिमेकी जिल्ला लक्षित कारवाही सञ्चालन गरेको थियो ।

बेशमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । भवनमा हलसहित दुईवटा मात्रै कोठा भएका कारण सुरक्षाकर्मीलाई बस्न र कारवाही सञ्चालन गर्न मुस्किल पर्ने अवस्था रहेको वडाध्यक्ष नरबहादुर राईले बताए ।

स्थानीय बासिन्दाले मिक्लाजुङ आसपासका क्षेत्रमा लामो समयदेखि नेपाल र सशस्त्र प्रहरीको स्थायी पोस्टको माग गर्दै आएका थिए । गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यले सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन नसक्दा निरीह र निहत्था शिक्षकको हत्या भएको बताए ।

गाउँपालिकाले अस्थायी वेशमा परिचालित सुरक्षाकर्मीलाई बस्ने ठाउँको व्यवस्था गर्दै आवश्यक सामग्री प्रदान गरेको उनले बताए । मिक्लाजुङमा तत्काल खड्किएको सुरक्षाको आवश्यकता परिपूर्ति गर्न नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

प्रदेश १ का सशस्त्र प्रहरी प्रमुख डीआईजी वंशीराज दाहालले मिक्लाजुङ र आसपासको सुरक्षा संवेनशीलतालाई ध्यान दिँदै आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिए । प्रदेश १ का प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जनताको मागअनुसार शिक्षकको हत्यापछि उत्पन्न परिस्थितिको विश्लेषण गर्दै उचित सुरक्षा व्यवस्था मिलाइएको बताए ।

हिंसात्मक गतिविधि गर्न थालेको भन्दै सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।

jackson ribon