Rumpum Advertisement

सुजीले तौल घटाउन प्रोत्साहित गर्छ

Neuro
सुजीले तौल घटाउन प्रोत्साहित गर्छ

विराटनगर/ सुजीलाई हलुवाका साथै अन्य परिकार बनाएर खाजाको रूपमा प्रयोग गरेको पाइन्छ । सुजीको सेवनले शरीरलाई निकै फाइदा गर्छ । सुजीले तौल नियन्त्रण गर्न, मुटुलाई स्वास्थ्य राख्न, र पाचन प्रणालीलाई पनि लाभ पुर्‍याउँछ ।

पौष्टिकताले भरिएको सुजीले भिटामिन बी, आइरन, प्रोटिन, र फाइबरको उच्चस्तर प्रदान गर्छ । सुजीको सेवनले लामो समयसम्म परिपूर्णताको भावना बढाउने हुँदा भोक कम लाग्छ । जसकारण, यसले तौल घटाउन प्रोत्साहित गर्छ ।

सुजीको उच्च फाइबर सामग्रीले पेटमा राम्रो ब्याक्टेरियाको विकासलाई प्रोत्साहित गरेर र पाचन प्रणलीलाई सक्रिय राख्न मद्दत गर्छ । जसका कारण शरीरको मोटोपन नियन्त्रण गर्नुका साथै कोलेस्टेरोलको मात्रा कम गर्न मद्धत गर्छ ।

सुजीको सेवनले शरीरमा रक्तसञ्चार प्रक्रियामा मद्दत गर्छ र हृदयघात र हृदयसम्बन्धी रोग लाग्नबाट बचाउनुका साथै मुटुलाई स्वस्थ राख्छ । सुजी मधुमेहका बिरामीहरूका लागि फाइदाजनक हुन्छ ।

यसको सेवनले शरीरमा सुगर बढ्ने खतराबाट टाढा राखी टाइप २ मधुमेह हुने जोखिमबाट बचाउँछ । सुजीमा आइरन प्रशस्त मात्रामा हुन्छ । जसले शरीरमा रगतको कमी हुनबाट बचाउँछ । र, शरीर तन्दुरुस्त राख्नुका साथै एनिमिया हुन दिँदैन ।