Rumpum Advertisement

युभेन्टसलाई जेनोआको चुनौती

युभेन्टसलाई जेनोआको चुनौती

विराटनगर/ इटालियन सिरी ‘ए’मा आज साविक विजेता युभेन्टसले आफ्नो ११औं खेल खेल्दैछ । नेपाली समयानुसार राति १०ः४५ बजेबाट सुरु हुने खेलमा युभेन्टसले जेनोआसँग खेल्न लागेको हो ।

जेनोआको मैदानमा हुने खेलमा युभेन्टस शीर्ष क्लबसँग अङ्कदूरी छोट्याउने दाउमा छ । दस खेल खेलेको ऊ हाल २० अङ्कसहित पाँचौं स्थानमा छ ।

जेनोआ भने रेलिगेशन जोनमा छ । समान दस खेल खेलेको ऊ ६ अङ्कका साथ १८औं स्थानमा छ ।

त्यसबाहेक आज शीर्ष स्थानको एसी मिलान, तेस्रो स्थानको इन्टर मिलान र चौथो स्थानको नापोली पनि प्रतिस्पर्धामा छन् ।

मिलानले पर्मासँग राति १ः४५ बजे आफ्नै मैदानमा प्रतिस्पर्धा गर्दैछ । इन्टरले साँझ ५ः१५ बजे क्याग्लीआरीसँग खेल्दैछ भने नापोलीले राति ७ः४५ बजे साम्पोडोरियासँग प्रतिस्पर्धा गर्दैछ ।