Rumpum Advertisement

आइतबार थप आठ सय ३० जनामा सङ्क्रमण, एक हजार पाँच सय निको भए

आइतबार थप आठ सय ३० जनामा सङ्क्रमण, एक हजार पाँच सय निको भए

विराटनगर/ देशभर आइतबार थप आठ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप आठ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको छ ।

त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेशनबाट आज एक हजार पाँच सय जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ३५ हजार सात सय ३१ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप ९ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार छ सय ९८ पुगेको छ ।