Rumpum Advertisement

पिएसजी र लियोन भिड्दै

Neuro
पिएसजी र लियोन भिड्दै

विराटनगर/ फ्रेन्च लिग वानमा आज साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) र लियोनबीचको भिडन्त हुँदैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने सो खेल पिएसजीको मैदानमा हुनेछ ।

फ्रान्सको राजधानी पेरिसमा हुने खेलमा पिएसजी र लियोन शीर्षताका लागि खेल्दैछन् । पिएसजी हाल १३ खेलबाट २८ अङ्क जोड्दै शीर्ष स्थानमा छ भने लियोन २६ अङ्कका साथ चौथो स्थानमा छ ।

त्यसबाहेक तेस्रो स्थानको लिले पनि आज हुने अर्को खेलमा प्रतिस्पर्धा गर्दैछ । राति ९ः४५ बजे लिलेले बोर्डेअक्ससँग आफ्नै मैदानमा खेल्दैछ । लिलेसँग २६ अंक छ ।