Rumpum Advertisement

गौतम बुद्ध कप : राप्ती र नारायणी फाइनलमा

Neuro
गौतम बुद्ध कप : राप्ती र नारायणी फाइनलमा

चितवन/ राप्ती टिम गौतम बुद्ध कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छन् । आइतबार भएको पहिलो खेलमा बागमती टिमलाई पराजित गर्दै राप्तीले फाइनलमा स्थान बनाएको हो ।

भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

१ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वागमती २ बल बाँकी छँदै अलआउट भयो ।

यता, पहिलो खेलमा नारायणी टिमसँग सुपरओभरमा पराजित वागमती टिम भने आफ्नो दोस्रो खेलमा पनि पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

लिग चरणको अन्तिम खेलमा राप्तीले नारायणीसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।