Rumpum Advertisement

बार्सिलोनालाई रेलिगेसन जोनको लेभान्टेको चुनौती

Neuro
बार्सिलोनालाई रेलिगेसन जोनको लेभान्टेको चुनौती

विराटनगर/ स्पेनिस ला लिगामा आज बार्सिलोनाले आफ्नो ११औं खेल खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने सो खेलमा बार्सिलोनाले लेभान्टेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा हुने यस खेलमा घरेलु टोली आफ्नो लय सुधार्ने दाउमा छ । पछिल्लो समय ला लिगामा बार्सिलोनाले अपेक्षाअनुरुप नतिजा आत्मसाथ गर्न सकेको छैन ।

हाल उुले १० खेलमध्ये ४ खेलमा जित, २ खेलमा बराबरी र ४ खेलमा पराजित भएको छ । ऊ १४ अङ्क बनाउँदै अङ्कतालिकाको नवौं स्थानमा छ ।

आजको खेलमा लेभान्टेलाई आफ्नो मैदानमा हराउँदै ऊ शीर्ष क्लबहरूसँगको अङ्कदूरी घटाउने दाउमा छ ।

लेभान्टे भने रेलिगेशन जोनमा छ । ११ खेलमा ११ अङ्क जोडेको लेभान्टे १८औं स्थानमा छ । यस खेलमा बार्सिलोनालाई उसैको मैदानमा हराएर लेभान्टे अङ्कतालिकामा सुधार गर्ने दाउमा छ ।