Rumpum Advertisement

प्रमाण नभएका कारण गर्भवती महिलालाई कोरोना भाइसविरुद्धको खोप दिन नमिल्ने

Neuro
प्रमाण नभएका कारण गर्भवती महिलालाई कोरोना भाइसविरुद्धको खोप दिन नमिल्ने

विराटनगर/गर्भवती महिलालाई फाइजरले विकास गरेको कोरोना भाइसविरुद्धको खोप नदिइने विज्ञहरूले बताएका छन् ।

त्यस्तै, अक्सफोर्डको वा मोडर्नाले प्रयोग अनुमति पाए पनि कुनै पनि खोप गर्भवती महिलालाई दिइने छैन । कुनै पनि खोपको क्लिनिकल परीक्षणमा गर्भावस्थाका महिलालाई सहभागी नगराइएको हुनाले बेलायत सरकारले जारी गरेको दिशानिर्देशमा स्पष्ट तरिकाले गर्भवती महिला तथा बच्चा जन्मेपछि पनि केही समयसम्म खोप लगाउन नहुने उल्लेख गरिएको छ ।

गर्भवती हुनसक्ने महिलाले उनीहरू निश्चित नभएसम्म खोप लगाउन ढिलाइ गर्न आग्रह गरिएको छ भने बच्चा पाउन सोच बनाएकाले पनि खोप लगाउन नमिल्ने बताइएको छ । फाइजरको खोप गत हप्ता स्वीकृत गरिएको थियो । खोपले गर्भवती महिलालाई जोखिममा पार्न सक्ने कुनै प्रमाण देखिएको छैन । तर, वैज्ञानिकहरूले गर्भवती वा स्तनपान गराउने महिलाहरूमा खोप परीक्षण नगरेका कारण यो खोप उनीहरूमा सुरक्षित र प्रभावकारी हुनेछ भनेर कुनै ठोस प्रमाण पनि छैन ।

वैज्ञानिकहरूले गर्भवती महिलाहरूमा खोपको परीक्षण गर्नुअघि थप कडा प्रयोगशाला परीक्षण गर्नुपर्ने हुन्छ । कोरोना भाइरसविरुद्धको खोप विकास द्रुत गतिमा भएको कारण छोटो समयमा यो पूरा परीक्षण गर्न सक्षम थिएन । संक्रमणको सम्भावना रहने हुँदा भाइरसको प्रत्यक्ष संस्करण हुने केही खोपलाई गर्भावस्थामा प्रयोग गर्नका लागि सामान्यरूपमा सिफारिस गरिँदैन ।

केवल बयस्क मानिसमा मात्र परीक्षण गरिएको हुनाले सुरक्षा र प्रभावकारितामा डाटाको अभावका कारण १६ वर्षभन्दा कम उमेरका बच्चालाई पनि यो खोप दिइने छैन । एनएचएसका दुई कर्मचारीले खोप लिएपछि एलर्जीको प्रतिक्रिया भोगेका कारण गम्भीर एलर्जी भएकालाई पनि खोप दिनु नमिल्ने निर्णय गरिएको छ ।