Rumpum Advertisement

‘प्रधानमन्त्री र अध्यक्ष मन नपरे महाधिवेशन र चुनावसम्म पर्खनू’

‘प्रधानमन्त्री र अध्यक्ष मन नपरे महाधिवेशन र चुनावसम्म पर्खनू’

विराटनगर/प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली मन नपरे आउँदो महाधिवेशन र चुनावसम्म पर्खनुपर्ने पूर्वमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

प्रेस सङ्गठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री बास्कोटाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने चलखेल भएको बताउँदै चुनाव र महाधिवेशनसम्म पर्खनुपर्ने बताएका हुन् ।

‘चुनावमा प्रधानमन्त्रीको उम्मेद्वार अघि सारेर गएका थियौं । स्थीरताका लागि अर्काे चुनावसम्म फिर्ता बोलाउन मिल्दैन,’ उनले भने, ‘अध्यक्षबाट हटाउने हो भने चार महिनापछि हुने महाधिवेशनसम्म पर्खनुहोस् ।’

ओली निकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न मोरङ आएका बास्कोटाले अल्पमत र बहुमतका आधारमा प्रधानमन्त्रीबाट ओलीलाई हटाउन खोजिए पार्टीमा गम्भीर दुर्घटना हुने बताए । लोकतान्त्रिक पद्दतिमा पार्टीले सरकार सञ्चालन गर्न नमिल्ने बताउँदै उनले प्रधानमन्त्री ओलीले पार्टीको उचित सल्लाहका आधारमा सरकार सञ्चालन गरिरहेको बताए ।

नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको छुट्टा–छुट्टै प्रस्ताव स्थायी कमिटीमा पुगको छ । स्थायी कमिटीले दुईवटै प्रस्तावलाई अस्वीकार गरी साझा प्रस्ताव पास गरेर पार्टी एकता जोगाउने उनले बताए ।