Rumpum Advertisement

रोङ्गोज मःमः आठौँ वर्षमा प्रवेश

Neuro
रोङ्गोज मःमः आठौँ वर्षमा प्रवेश

विराटनगर/सन् २०१२ मा स्थापना भएको रोङ्गोज मःम हट यही डिसेम्बर महिनादेखि आठौँ वर्षमा प्रवेश गरेको छ ।

विराटनगरको रोङ्गोज मःम हट स्वादिलो र स्वस्थकर मःमः खान रुचाउनेहरूको रोजाइमा पर्दछ । मसलाविनाको स्वस्थ्यकर स्वादिलो विभिन्न प्रकारका मःमःहरू पाइने भएकाले मःमः पारखीहरूको रोजाइमा रोङ्गोज मःमः हट पर्दछ ।

‘द टेस्ट अफ दार्जिलिङ’ थिम रहेको रोङ्गोज मःमः हट विराटनगरस्थित देवकोटा चोकमा छ । ट्राफिक चोक, सिटी सिनेमा र सेन्ट्रल मलमा यसका शाखाहरू छन् ।

रोङ्गोज मःमः हटले स्टीम, फ्राइडदेखि चकलेट, कलर, ताइपो, क्याप्सिकम, कोथे, सेज्वान, पिज्जा, बर्गर मःमःजस्ता विभिन्न किसिमको पन्ध्रभन्दा बढी मःमः परिकार सर्भ गर्ने गर्दछ ।