Rumpum Advertisement

अक्सफोर्ड र रुसी खोप मिश्रण गरेर परीक्षण गरिने

Neuro
अक्सफोर्ड र रुसी खोप मिश्रण गरेर परीक्षण गरिने

विराटनगर/बेलायत र रुसका वैज्ञानिकहरूले अक्सफोर्ड–एस्ट्राजेनेका र स्पुत्निक खोपलाई मिश्रण गरी परीक्षण गर्ने भएका छन् ।

वैज्ञानिकहरूले दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा पहिलाको तुलनामा अझ कोरोना भाइरसविरुद्ध दीर्घकालीन सुरक्षा प्रदान गर्न प्रभावकारी हुन्छ कि भनेर खोपलाई मिश्रण गरी परीक्षण गर्ने भएका हुन् । एस्ट्राजेनेकाले स्पुतनिक खोप विकास गरेको गमल्याया अनुसन्धान संस्थानसँग मिलेर काम गर्ने जानकारी दिएको हो ।

अक्सफोर्ड खोप र रुसी खोपले उस्तै तरिकाले काम गर्छ । एस्ट्राजेनेकाले अन्य उस्तै प्रकृतिका खोपहरू मिश्रण गर्दा अझ राम्रो खोप विकास हुनसक्छ कि भनेर हेरिरहेको बताएको छ । स्पुतनिक खोपको अन्तिम चरणको परीक्षणको प्रारम्भिक परिणामले खोप ९० प्रतिशत प्रभावकारी देखिएको छ भने अक्सफोर्ड खोप ६२ देखि ९० प्रतिशत प्रभावकारी रहेको पाइएको छ ।

रुसले आपतकालीन प्रयोगका लागि कोभिड खोपलाई अनुमति दिइसकेको छ । रुसमा गरिने परीक्षणमा पनि कतिजना सहभागी हुने भन्ने स्पष्ट छैन । एस्ट्राजेनेकाको सहयोगमा स्पुतनिक खोप प्रयोग गर्न विश्वास बढाउन मद्दत पुग्ने आशा राखिएको छ ।