Rumpum Advertisement

मनोज गजुरेल दोस्रो विवाह गर्ने तयारीमा

मनोज गजुरेल दोस्रो विवाह गर्ने तयारीमा

विराटनगर/सामाजिक सञ्जाल एउटा यस्तो ठाउँ हो, जहाँ बेलाबखत नयाँनयाँ हल्ला अनि विवादका कुरा आइरहन्छन् । केही दिनअगाडि नायिका श्वेता खड्काको बिहेसम्बन्धी निकै चर्चा चल्नुका साथै धेरै आलोचना पनि आइरहेको थियो । त्यहीबीच हाँस्य कलाकार मनोज गजुरेलले पनि एक मिडियालाई आफू पनि छिट्टै दोस्रो बिहे गर्ने तयारी गरेको बताएका थिए । यो कुरालाई लिएर यतिबेला सामाजिक सञ्जाल निकै तातिएको छ ।

२०५३ सालमा प्रेम विवाह गरेका मनोज गजुरेल र मीना ढकाल कानुनीरुपमा अलग भएपछि एकअर्काप्रति आरोप लगाउने गरेका थिए । पूर्वपतिले दोस्रो बिहे गर्न लागेको थाहा पाएपछि मीनाले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेकी छन्, ‘छि–छि अन्तिम निर्णय हो भने अति नै गलत र गैरजिम्मेवारपूर्ण निर्णय हुनेछ । कलिला भर्खर हुर्किदै गरेका साना छोराछोरीमाथि अन्याय हुन्छ फेरि त्यही चार भित्ताभित्र । सधैं गलत निर्णय लिँदै गर्दा समाज, छिमेकमा शीर ठाडो पारी बाँच्न गाह्रो हुन्न र ? खोक्रो आडम्बर !’

यता गजुरेलले आफू दोस्रो बिहे गर्ने सत्य रहेको बताए पनि कोसँग बिहे गर्ने त्यो निकट भविष्यमै सार्वजनिक गर्ने बताएका छन् ।