Rumpum Advertisement

परीक्षणमा सहभागीमा एचआईभी भएको गलत रिपोर्ट देखाएपछि खोप रद्द

Neuro
परीक्षणमा सहभागीमा एचआईभी भएको गलत रिपोर्ट देखाएपछि खोप रद्द

विराटनगर/अष्ट्रेलियामा विकास भइरहेको एक आशावादी खोप उम्मेदवारले खोप परीक्षणमा सहभागी जनाएकामा एचआईभी भएको गलत रिपोर्ट देखाएपछि खोपलाई रद्द गरिएको छ ।

अस्ट्रेलियाले अष्ट्रेलियाको फर्म सीएसएल र क्विन्सल्यान्ड युनिभर्सिटी (युक्यू) द्वारा बनाइएको खोपको पहिलो चरणको परीक्षणमा रहेको खोपले एन्टिबडी बनाउन प्रभावी सावित देखिएको थियो । तर, खोपले परीक्षणका सहभागी केही स्वयम्सेवीमा एचआईभीविरुद्धको एन्टिबडी पनि उत्पन्न गराएको थियो । जसको मतलब यसले उनीहरूमा एचआईभीका लागि फल्स पोजिटिभ रिपोर्ट (रोग नभए पनि परीक्षणको नतिजामा रोग भएको) देखाएको थियो ।

सीएसएल र युक्यूले फल्स पोजिटिभ रिपोर्ट गलत भएको र परीक्षण सहभागीको स्वास्थ्य जोखिममा नभएको दाबी गरेको छ । र, थप परीक्षणले ती स्वयम्सेवीमा एचआईभी नभएको प्रमाणित गर्‍यो । सीएसएल र युक्यूले खोपमा देखिएको यो समस्यालाई समाधान गर्न लगभग एक बर्ष लाग्ने हुँदा परीक्षण छोड्ने निर्णय गरिएको बताएको छ ।

उक्त खोपको पाँच करोड डोज किन्न सहमति पनि भइसकेको थियो । तर, खोप रद्द भएपछि अन्य खोपले यसको कमी पूरा गर्ने सरकारले बताएको छ । अस्ट्रेलिया सरकारले नोभाभाक्स खोपका लागि सम्झौता गरिसकेको बताउँदै अक्सफोर्ड र एस्ट्राजेनेका खोपको अवस्थित अर्डरलाई बढाएको बताएको छ ।