Rumpum Advertisement

‘चिसो मान्छे’ मा स्वस्तिमा अनुबन्धित

‘चिसो मान्छे’ मा स्वस्तिमा अनुबन्धित

विराटनगर/नेपाली कथानक फिल्म ‘बुलबुल’ पछि करिअरको उत्कर्षमा पुगेकी नायिका हुन् स्वस्तिमा खड्का । फिल्ममा भन्दा उनलाई बढी म्युजिक भिडियो नै फापेको छ । उनले फिल्म ‘होस्टेल रिटन्स’ मार्फत् नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् ।

फिल्मी करिअर अघि बढाउन नायिका खड्कालाई एक जबर्जस्त कन्टेन्ट भएको फिल्मको आवश्यकता थियो, र त्यो फिल्म बन्यो ‘बुलबुल’ । हाल उनी निकेश खड्काको निर्देशन रहेको फिल्म चपली हाइट–३ मा व्यत छिन् । कोरोना कहरबीच फिल्म रिलिज हुन पाएन तर फिल्मको ट्रिजर र गीतले राम्रै चर्चा पाइरहेको थियो ।

यसैबीच नायिका स्वस्तिमा खड्का ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालको नयाँ फिल्म ‘चिसो मान्छे’ मा अनुबन्धित भएकी छिन् । स्वस्तिमा र फिल्मकी निर्मात्री शर्मिला पाण्डेबीच सम्झौतासमेत भइसकेको छ । बिहीबार उनले यो फिल्म साइन गरेकी हुन् । फिल्ममा स्वस्तिमाको भूमिका शक्तिशाली रहेको बुझिएको छ ।

कोभिड १९ को महामारी सामान्य भएपछि छायाङ्कन सुरु हुने फिल्मले मानिसहरुमा देखिएको नैराश्यताको कथा भन्नेछ । दीपेन्द्रले लकडाउनकै समयमा यो फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । फिल्ममा अभिनेता अर्पण थापाको पनि अभिनय रहने छ ।

फिल्म २०७८ साल भदौ ११ गते प्रदर्शन गरिने निर्माण टिमले बताएको छ ।