birat ribon

तेह्रथुममा पोखरीमा भेटियो तीन बालिकाको शव

Neuro
तेह्रथुममा पोखरीमा भेटियो तीन बालिकाको शव

विराटनगर । तेह्रथुममा खेल्नका लागिभन्दै घरबाट निस्किएका तीन बालिकाको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको छ ।

छथर गाउँपालिका–६ सुदापमा प्लाष्टिक प्रयोग गरेर बनाइएको पोखरीमा डुबेर ७ वर्षीया रञ्जना, ६ वर्षीया रोजिना र ८ वर्षीया सुहाना लिम्बूको ज्यान गएको हो । मृत फेला परेकामध्ये रञ्जना र रोजिना कोपिला लिम्बू र सुहाना देवन्द्र लिम्बूका छोरीहरु हुन् ।

cura insider

स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा एकै पटक तीन बालिकाको शव भेटिएपछि गाउँनै शोकमा डुबेको छ । कलिला उमेरका बालिकाहरुको कसरी मृत्यु भएको हो भन्ने यकिन हुन सकिरहेको छैन । तर खेल्नका लागि भनेर उनीहरु शनिबार दिउँसो घरबाट निस्किएको पाइएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

उनका अनुसार पोखरी गहिरो छ भन्ने चाल नपाएका कारण पौडी खेल्न पसेका तीनै जना डुबेपछि बाहिर निस्कन नसकेको हुनसक्ने अनुमान गरिएको छ । दिउँसै घरबाट निस्किए पनि अवेरसम्म नफर्किएपछि उनीहरुको खोजी थालिएको थियो । खोजी गर्ने क्रममा तीनै जनाको शव प्लाष्टिक पोखरीभित्र फेला परेको गाउँपालिका प्रमुख लिम्बूले बताए ।

शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ । प्रहरीले यस घटनाको आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन ।

jackson ribon