birat ribon

विराटनगरमा झापाकी सङ्क्रमित महिलाको मृत्यु

Neuro
विराटनगरमा झापाकी सङ्क्रमित महिलाको मृत्यु

विराटनगर । कोरोना भाइरस सङ्क्रमित झापाकी एक महिलाको शनिबार राति विराटनगरमा मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा झापा गौरादह–५ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै राति ११ः३० बजेतिर महिलाको ज्यान गएको हो ।

cura insider

पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि महिलालाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतको समस्या रहेको दाहालको भनाइ छ ।

jackson ribon