विराटनगर/ जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
बर्लिनको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको चौथो मिनेटमा ग्रिस्चा प्रोमेलले गोल गर्दै बर्लिनलाई अग्रता दिलाए ।
६७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई सम्भावित हारबाट जोगाए ।
बराबरीसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ । उसले ११ खेलबाट २४ अङ्क जोडेको छ । बर्लिन भने १७ अङ्कका साथ छैटौं स्थानमा छ ।
