Rumpum Advertisement

जलवायु परिवर्तन असर न्यून गर्ने प्रतिबद्धता

जलवायु परिवर्तन असर न्यून गर्ने प्रतिबद्धता

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।

त्यसका लागि हरित यात्रामा एकसाथ अगाडि बढ्न नेपालले सबै मुलुकको साथ अपेक्षा गरेको औँल्याउँदै भने , “हामी जलवायु उत्थानशील विकासको प्रवद्र्धन गर्न प्रतिबद्ध छौँ र कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौंँ ।” जलवायु सम्मेलनलाई सम्बोधन गर्दै हरित वृद्धि र हरित पुनरुत्थान प्रवद्र्धन गर्न नेपालले सफा तथा नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिएको बताए । विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवद्र्धनमा जोड दिएको अनुभव साटे ।

नेपालले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३५ बाट ३०५ पु¥याउने र जैविक विविधताको जगेर्ना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । उनले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय सन्तुलन कायम राख्न हिमालको महिमा बोध गर्न म विश्वलाई आग्रह गरे । गोरखापत्र दैनिकमा समाचार छ