Rumpum Advertisement

इभर्टनसँग चेल्सी स्तब्ध

इभर्टनसँग चेल्सी स्तब्ध

विराटनगर/ इंग्लिस प्रिमियर लिगमा चेल्सीले दोस्रो पराजय ब्यहोरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले इभर्टनसँग १–० गोलको पराजय ब्यहोरेको हो ।

इभर्टनको मैदानमा घरेलु टोलीले गिल्फी सिगुरोसनको गोलमा जित निकालेको हो । खेलको २२औं मिनेटमा सिगुरोसनले पेनाल्टीमा गोल गर्दै इभर्टनलाई जिताए ।

जितसँगै इभर्टनले १२ खेलबाट २० अङ्क जोडेको छ । ऊ अङ्कतालिकाको सातौं स्थानमा छ । पराजित चेल्सी भने २२ अङ्कका साथ तेस्रो स्थानमा छ ।