Rumpum Advertisement

मड्रिड डर्बीमा रियल विजयी

मड्रिड डर्बीमा रियल विजयी

विराटनगर/ स्पेनिस ला लिगाअन्तर्गत मड्रिड डर्बीमा साविक विजेता रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडविरुद्ध रियल २–० गोलले विजयी भएको हो ।

घरेलु मैदानमा रियललाई जिताउन क्यासेमिरोले एक गोल गरे । एउटा आत्मघाती गोल रियलले उपहारमा पाएको थियो ।

खेलको १५औं मिनेटमा क्यासेमिरोले गोल गर्दै रियललाई पहिलो हाफभरि अग्रता दिलाए । ६३औं मिनेटमा एथ्लेटिकोका जान ओब्लाकले आफ्नै पोस्टमा गोल गरेपछि रियल २–० गोलले विजयी भएको हो ।

जितसँगै रियल अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले १२ खेलबाट २३ अंक बनाएको छ ।

एथ्लेटिको भने २६ अङ्कसहित शीर्ष स्थानमा छ । उसले ११ खेल खेलेको छ । साथै रियलसँग पराजित भएको एथ्लेटिकोले ला लिगामा सिजनको पहिलो हार भोगेको छ ।