Rumpum Advertisement

विराटनगरमा मोटरसाइकलको ठक्करबाट वृद्धा महिलाको मृत्यु

विराटनगरमा मोटरसाइकलको ठक्करबाट वृद्धा महिलाको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकलको ठक्करबाट शनिबार साँझ एक जना वृद्धा महिलाको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१३ मा दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२ –०४२ प ९६४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धा घाइते भएकी थिइन् । दुर्घटनामा परेर गम्भीर घाइते भएकी सप्तरीको राजविराज घर भई विराटनगर–१३ मा बस्दै आएकी ६१ वर्षीया शान्तिदेवी देवको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारका अनुसार वृद्धाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा साँझ ७ः४५ बजेतिर ज्यान गएको हो । मोटरसाइकल र चालक मोरङको कटहरी गाउँपालिका–१ का ३० वर्षीय वीरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । प्रनि पोदारका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।