birat ribon

विश्वमा कोरोनाले १६ लाख १० हजार बढीको मृत्यु, सात करोड २० लाख बढीलाई सङ्क्रमण

Neuro
विश्वमा कोरोनाले १६ लाख १० हजार बढीको मृत्यु, सात करोड २० लाख बढीलाई सङ्क्रमण

विराटनगर । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण आइतबार बिहानसम्ममा १६ लाख १० हजार बढीको मृत्यु भइसकेको छ ।

केही समययता दैनिक १० हजार हाराहारीमा कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टाभित्र १० हजार ६६ सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख १० हजार पाँच सय ४३ पुगेको छ ।

cura insider

वाल्डो मिटरका अनुसार हालसम्म सात करोड १० लाख बढीलाई सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन छ लाख छ हजार एक सय नौ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमितको संख्या सात करोड २० लाख ६० हजार तीन सय २३ पुगेको हो ।

सङ्क्रमितमध्ये पाँच करोड चार लाख ५२ हजार सात सय ३७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । एक करोड ९९ लाख ९७ हजार ४३ जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये एक लाख छ हजार आठ सय जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म तीन लाख चार हजार नौ सय ४४ सङ्क्रमितको मृत्यु भइसकेको छ । एकै दिन दुई हजार एक सय ७१ जनाले ज्यान गुमाए ।

सङ्क्रमित संख्या एक करोड ६५ लाख २८ हजार पाँच सय ८५ पुगेको वाल्डो मिटरले जनाएको छ । पछिल्लो २४ घण्टाभित्र एक लाख ९९ हजार पाँच सय १७ जना नयाँ सङ्क्रमित थपिए ।

सङ्क्रमण पुष्टि भएकामध्ये ९६ लाख ३९ हजार चार सय ८७ जना उपचारपछि निको भएका छन् । ६५ लाख ८४ हजार एक सय ५४ जनाको उपचार भइरहेकोमा २७ हजार पाँच सय २३ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा हालसम्म एक लाख ४२ हजार नौ सय ९४ जना सङ्क्रमितको ज्यान गइसकेको छ । एकै दिन तीन सय ३२ जनाले मृत्युवरण गरे । पछिल्लो २४ घण्टामा २७ हजार एक सय ८२ नयाँ बिरामी थपिएपछि ९८ लाख ५४ हजार दुई सय आठ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ९३ लाख ५३ हजार ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा उपचाररत तीन लाख ५८ हजार एक सय ६८ सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा एकै दिन छ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुने सङ्क्रमितको संख्या एक लाख ८१ हजार एक सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४४ हजार दुई सय ८२ नयाँ बिरामी थपिएपछि सङ्क्रमित संख्या ६८ लाख ८० हजार पाँच सय ९५ पुगेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये ५९ लाख ५४ हजार सात सय ४५ जना उपचारपछि निको भएका छन् । ब्राजिलमा उपचाररत सात लाख ४४ हजार सात सय सात जनामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

jackson ribon