Rumpum Advertisement

नेकपा विवाद : ओली पक्षको युवा भेला माेरङमा, प्रचण्ड-नेपाल पक्षको काउन्टर भेला प्रधानमन्त्रीको गृहनगरमा

नेकपा विवाद : ओली पक्षको युवा भेला माेरङमा, प्रचण्ड-नेपाल पक्षको काउन्टर भेला प्रधानमन्त्रीको गृहनगरमा

विराटनगर / आन्तरिक कलहमा फसेको सत्तारुढ नेकपामा गुटगत भेला बाक्लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष तथा प्रचण्ड र माधव नेपाल पक्षको गुटगत भेला बाक्लिएको हो ।

शनिबार ओली पक्षले प्रदेश १ स्तरीय युवासंघको भेला आयोजना गरेको छ । गत सोमबार मात्रै ओली पक्षले विराटनगरमा विद्यार्थीको प्रदेश भेला आयोजना गरेको थियो ।

ओली पक्षले भेला गरेपछि काउन्टर जवाफ दिन प्रचण्ड र नेपाल पक्षले आइतबारका लागि भेला आयोजना गरेका छन् । भेला प्रधानमन्त्रीको गृह नगर दमकमा हुनेछ ।

शनिबार ओली पक्षले शक्ती प्रदर्शनसहित भेला गरेकाे थियाे । भेलामा नेकपा नेता पूर्वमन्त्री गोकुल बाँस्कोटाले सम्बोधन गरेका थिए । भेला अघि मोटरसाइल र्याली निकालिएको थियो ।

ओली पक्षका युवाहरूले प्रचण्ड र नेपाल पक्षलाई शक्ति देखाउन भेला आयोजना गरेको थियो । ओली पक्षलाई काउन्टर दिन अर्काे पक्षले पनि शक्ती प्रदर्शन गर्ने तयारी गरेको छ ।

आइतबार विद्यार्थी भेला गर्ने तयारी गरेको नेपाल पक्षले मंगलबार विराटनगरमा शक्ती प्रदर्शन गर्ने तयारी गरेको हो ।

आइतबार प्रधानमन्त्रीको गृहनगरमा आयोजना हुने विद्यार्थी भेला प्रदेश स्तरीय रहेपनि मंगलबार विराटनगरमा हुने विद्यार्थी र युवाको भेला जिल्ला स्तरीय हुने अनेरास्वीयूका केन्द्रीय सचिव वसिम आलामले जानकारी दिए ।

प्रदेशमा गुटगत भेलाको सुरुवात भने प्रधानमन्त्री केपी शर्मा ओली आफैले गरेका हुन । पार्टी भित्र विवाद चर्किएपछि ओलीले १९ कात्तिकमा प्रदेश १ का आफू निकट नेताहरुलाई ‘जनताको बहुदलिय जनबाद’को बहस वडासम्म बनाउन निर्देशन दिएका थिए । त्यस यता मदन भण्डारी फाउण्डेशन मार्फत गुटगत गतिविधी बाक्लो छ । २७ कात्तिकमा इटहरी ४ मा प्रदेश कार्यालयको फाउण्डेशनका उपाध्यक्ष गुरु बरालले भर्चुअल भेला मार्फत प्रदेश कार्यालय उद्घाटन गरेका थिए ।

१० मङ्सिरमा नेपाल र प्रचण्ड पक्षका नेताले इटहरीमा प्रदेश स्तरीय भेला गरेका थिए ।