Rumpum Advertisement

स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै

Neuro
स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै

काठमाडौँ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधको सामधान स्थायी कमिटी बैठकमा खोजिने नेताहरूले बताएका छन् ।

आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधान सूत्र खोजिने नेताहरूले बताएका हुन । तर निकासका लागि भइरहेका अनौपचारिक गृहकार्य पर्याप्त भएका छैनन् । स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको छ ।

पार्टीको पछिल्लो सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन स्थायी कमिटीमा लाने निर्णय गरेको थियो । मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावपत्रका सम्बन्धमा शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

नेकपाभित्र मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्रको क्रम चलेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य गोकर्णराज विष्टले पार्टीलाई कुनै पनि हालतमा विभाजनको स्थितिमा लान नहुने भन्दै शीर्ष नेताबीचको आपसी मनमुटाव र टकराव हुनु तथा समग्र पार्टीका नेता–कार्यकर्ताको सही व्यवस्थापन नुहुनले समस्या उत्पन्न भएकाले दुई अध्यक्षको सहमतिमा मात्रै नभई पार्टीको विधान, विधि र पद्धतिका आधारमा हुने संस्थागत निर्णयले समाधान दिने बताए ।

पूर्वमन्त्री विष्टले भने “संस्थागत विधि र पद्धतिबाट पार्टी र सरकारलाई सञ्चालन गरी देश, जनता र आम कार्यकर्ताको भवनालाई सम्बोधन गर्ने दायित्व हामी सबैको हो, विवादको समाधानमा स्थायी कमिटीका सदस्यहरुले आफ्नो भूमिका प्रदर्शन गर्नै नै छन् ।”

स्थायी कमिटीका अर्का सदस्य गणेश साह पनि पार्टीभित्र सैद्धान्तिकभन्दा पनि एकले अर्को नेतालाई गर्ने निषेध र भागबण्डा ९लेनदेन० को विवाद अहिलेका लागि मुख्य विवाद भएको बताउछन् ।

यही मङ्सिर २१ गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेको लिखितपत्र (प्रस्ताव) बारे कार्यसूचि बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा नेताहरुबीच अनौपचारिक गृहकार्य भइरहेको छ । रासस